विश्वका २०८ देशमा कोरोना तबाही : मृततको संख्या ७० हजार नजिक
न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार, विश्वभर गएको २४ घन्टामा यसको संक्रमणबाट ४७ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको

२०७६ चैत २४ सोमबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार, विश्वभर गएको २४ घन्टामा यसको संक्रमणबाट ४७ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको छ ।
आइतबार मात्रै कोरोनाका ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ४८ पुगेको छ ।
अहिलेसम्म कोरोना संक्रमित २ लाख ६१ हजार ४ सय ८५ जना उपचारपछि निको भएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । अहिलेसम्म विश्वका २०८ देशमा यसको संक्रमण फैलिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…