लकडाउनमा किसानले बाली लगाउन र उठाउन पाउने
न्यूज ब्यूरो, काठमाडौं । लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर, बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म र

२०७६ चैत २३ आइतबार, राति १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ ।
तर, बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म रहनेछ । तर, कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन लम्बिन पनि सक्ने बताइएको छ ।
लकडाउन लम्बिए बाली उठाउन र लगाउन समस्या हुने भएपछि सरकारले केही सहज बनाएको हो । बाली लगाउँदा र उठाउँदा किसानले न्युनतम सावधानी भने अपनाउनुपर्नेछ ।
कोरोना भाइरस फैलिन नदिनका लागि अपनाउने सावधानी र मापदण्ड पालना गरे नगरेको सम्बन्धित स्थानीय तह र त्यहाँका सुरक्षा निकायले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, सरकारले स्थानीय तहहरुलाई खाद्यान्न बैंक स्थापना गर्न सुझाव पनि दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…