भारतमा धार्मिकसभा जमात विवादमा गोली चल्यो
न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो । गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जम

२०७६ चैत २३ आइतबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ ।
उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो । गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।
चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जमातको विषयमा विवाद भएको थियो । विवादकै बीचका बहस गरिरहेका एक युवकले अर्को युवकलाई गोली हानेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार लोटन निषाद र मोहम्मद सोनाका बीचमा गोली चल्नेसम्मको विवाद भएको हो । मोहम्मद सोनाले लोटन निषादमाथि गोली प्रहार गरेका हुन् ।
प्रयागराज जोनका प्रहरी महानिरीक्षक केपी सिंहले चिया पसलमा दुई जनाका बीचमा भएको सामान्य विवादमा गोली चलेको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । दुई युवाको बीचमा सामान्य वादविवादबाट सुरु भएको थियो ।
यो घटनापछि त्यहाँ भारी मात्रामा प्रहरी परिचालन गरिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्नलाई कडा कारवाही गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख आर्थिक सहायता गर्ने घोषणा पनि गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…