चीनमा 'क्लिनिकल ट्रायल'मा भ्याक्सिन लगाएकाहरु स्वस्थ अवस्थामा
न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी

२०७६ चैत २२ शनिबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसको ‘सम्भावित परीक्षण भ्याक्सिन’ लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् ।
उनीहरुले स्वास्थलाभ गरिरहेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले जनाएको छ । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ ।
वैज्ञानिकहरुले भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको बताएका छन् । १७ मार्चमा चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थिया ।
चीनका शीर्ष सैनिक बायो–वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…