सिरहामा सुपथ मूल्यको तरकारी पसल खुल्यो
न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गरिएको लकडाउनमा हुने अभावलाई ध्यानमा राख्दै सिरहामा सुपथ मूल्यको तरकारी पसल सञ्चालनमा ल्याइएको छ । नेपाल कृषि सहकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको तरकारी पसलको सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद या
२०७६ चैत २२ शनिबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गरिएको लकडाउनमा हुने अभावलाई ध्यानमा राख्दै सिरहामा सुपथ मूल्यको तरकारी पसल सञ्चालनमा ल्याइएको छ ।
नेपाल कृषि सहकारी संस्थाले आजदेखि सञ्चालनमा ल्याएको तरकारी पसलको सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले उद्घाटन गरेका छन् । मेयर यादवले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जथाभावी रुपमा किनमेल नगरी सामाजिक दुरी सहितको दैनिक जीवनयापन गर्न आग्रह गरे ।
दैनिक जीवनमा आवश्यक पर्ने अतिजरुरीका सरसमान किन्दा वा बेच्दा सामाजिक दुरी बनाएर रहन उनले सबैसँग आग्रह गरेका छन् । किनमेलकै नाउँमा धेरै भीडभाड नगरी सामाजिक दुरी बनाएर क्रमिक रुपमा आ–आफ्ना अत्यावश्यकका सरसमान किन्दै जीउज्यान सुरक्षित राख्न उनले सबैसँग आग्रह गरे ।
संक्रमण जोखिम न्यूनीकरणका लागि नगरपालिकाले सर्तकताका सबै उपाय थालीसकेको उनले जनाए । वातावरणीय र स्वस्थ्यतालाई विषेश प्राथमिकता दिएर तरकारीको सुपथ मूल्यको पसल खोल्न लगाइएको सिरहा नगरपालिकाका वातावरण शाखा प्रमुख सुरेश कुमार चौरवारले बताए ।
किसानको उत्पादित तरकारी क्रेतासम्म सुलभ र सुपथ मूल्यमा पुग्न यो पसलले पुलको भुमिका निर्वाह गर्ने उनको दाबी छ । लकडाउनको अवधिमा उपभोक्ताको अत्यावश्यक खाद्यान्न बस्तुमा सहज पहुँच पु¥याउने अभिप्रायले तरकारी पसल खोलिएको सहकारीका विपिन यादवले बताए ।
‘सामाजिक दुरी कायम राख्नका लागि प्रत्येक तीन मिटरमा गोलो घेरा बनाएको छु,’उनले भने,‘यहाँ आउने उपभोक्तालाई साबुन पानीले हात धुन लगाएर सामाजिक दुरी कायम राख्दै किनमेल गर्न दिइनेछ ।’ उनका अनुसार तरकारीसँगै किरानाका सरसमान सुपथ मूल्यमै प्राप्त गर्न सकिने छन् ।
लकडाउन अवधिमा किसानको उत्पादित बस्तु उपयोग बिनै फाल्न नपरोस् भन्ने उद्देश्यले तरकारीको सुपथ मूल्य पसल खोलिएको उनको दाबी छ । बजारको भाउभन्दा सस्तो दरमा तरकारी उपभोक्तालाई दिने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
बद्री नारायण यादव
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…