चीनमा कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण
न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा आज (शनिवार) विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको हो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो । मौनधारणमा सहभागीहरुले मृतकक

२०७६ चैत २२ शनिबार, दिउँसो ४:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा आज (शनिवार) विहान मौनधारण गरिएको छ ।
स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको हो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।
मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन् । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो ।
यस कार्यक्रममा करौडौं व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भइसकेको छ ।
यस भाइरसको कारण अझै पनि ८१ हजारभन्दा बढी व्यक्ति अझै पनि संक्रमित रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…