चीनविरुद्ध अष्ट्रेलियाका प्रधानमन्त्री खनिए
न्यूज ब्यूरो, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको उनले आरोप लगाएका हुन् । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न

२०७६ चैत २२ शनिबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् ।
विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको उनले आरोप लगाएका हुन् । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न अपिल समेत गर्दै चीनको मासु बजार विश्वका बाँकी मानिस र स्वास्थ्यका लागि गम्भीर खतरा भएको आरोप लगाए ।
गत वर्ष नोभेम्बरमा चीनको ऊहान शहरबाट कोभिड–१९ को महामारी सुरु भएको थियो । यो महामारी त्यहाँको मासु बजारबाट पैदा भएको आशंका गरिन्छ । कोभिड–१९ जनावरहरुको माध्यामबाट मानिसमा आएको आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि अझै भैसकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…