जनकपुरमा सहकारीको तरकारीको सेवा, एकदम सस्तोमा उपलब्ध
तरकारी घुम्ती सेवाबारे थप जानकारीको लागि 9854025599 (Dhruv Yadav), 9854022862 (Sanjay Sah) मा फोन गरी बुझन सकिने छ ।

२०७६ चैत २० बिहीबार, बिहान ८:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनमा दैनिक उपभोग्य वस्तुमध्ये तरकारी समेत सहज रुपमा उपलब्ध हुन नथालेपछि सहकारी सँस्थाहरुको सहयोगमा घुम्ती सेवा चलाइएको छ ।
जिल्ला सहकारी सँस्थाहरुको आयोजनामा आम सर्वसाधारणलाई विभिन्न चोकहरुमा घुमेर घुम्ती सेवा प्रदान गरिरहेको छ ।
तरकारीको घुम्ती सेवा सर्वसाधारणहरुको टोल टोलमा गएर बजारमा भन्दा अति सस्तो मूल्यमा उपलब्ध गराइरहेको सहकारी अभियन्ता सँजय साहले बताउनुभएको छ ।
नेपाल केन्द्रीय मत्स्य सहकारी सँघ लिमिमेटका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका साहले जनकपुरको कदमचोक, मिल्स एरिया, भानुचोक, पिडारीचोक, जिरोमाइल चोक लगायतमा घुम्ती तरकारी सेवा सुरु गरिएको बताउनुभयो ।

लकडाउनलाई पालना गराउँदै सरकारले लागू गरेको दुरी कायम गरी प्रहरी प्रशासनको सहयोगमा लाइनमा लगाएर आम नागरिकलाई सहज सेवा प्रदान गरिरहेको साहले बताउनुभएको छ ।
६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा टोल टोलमा तरकारी सेवा प्रदान गरिएको छ । आजै रेल्वे स्टेशन नजिक समेत एक स्टोर खोलेर सहुलियत तरकारी उपलब्ध गराउने योजना रहेको साहले बताउनुभयो ।
उहाँले भन्नुभयो–“हामी किसानको खेतबाट प्रत्यक्ष रुपमा ल्याउँछौं । बजारको भाउको ३० प्रतिशत कममा तरकारी उपलब्ध गराइरहेका छौं । यस्तोमा किसानको तरकारी पनि बजार पाएको छ ।”
“किसानका लागि सहकारी संस्था ,सहकारी संस्था लागि सहकारी संघ” प्रदेश न २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको बिशेष पहलमा सो घुम्ती सेवा सँचालन गरिएको हो ।
राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारयण यादवको विशेष सहयोग र आयोजनामा उपभोगताहरूको सहजताको लागि धनुषा सहकारी संघ र संस्थाको सहयोग मा सो योजना ल्याएको हो ।
जनकपुरको बिभिन चौकमा प्रदेश नं. २ सदस्यहरूको तरकारी उत्पादन संकलन गरि जनकपुर सहित धनुषा जिल्लामा बजारमा विक्री वितरण गरिरहेको छ ।
सहकारी सेन्टर पसल सचालन गरी उपभोताहरूको आवश्यकता लाई सेवा दिरहेको छ । बजारमा कोभी ५० रुपैयाँ हुँदा घुम्ती तरकारी सेवाले मात्र रु. २५ रुपैयाँमा उपलब्ध गराउँदैछ ।
सहकारीका केन्द्री उपाध्यक्ष सँजय साहका अनुसार बजारको मूल्यभन्दा जहिले पनि ३० देखि ५० प्रतिशत कममा उपलब्ध हुने भएको छ । उहाँले बजारमा भाउ घटाइए सोही अनुरुप आफूहरु पनि घटाएर दिने बताउनुभयो ।
कोभीको भाउ बजारमा ४० रुपैयाँ भए सहकारीले २० रुपैयाँमा मात्र उपलब्ध गराउने बताउनुभएको छ । लकडाउनमा कसैलाई घरबाट जथाभावी ननिस्कन आग्रह गर्दैै उहाँले आफूहरुको शिविर प्रत्येक टोलटोलमै पुग्ने बताउनुभयो ।
लकडाउनको फाईदा उठाउँदै जनकपुरका केही व्यापारीहरुले उपभोक्तासँग कालोबजारी गरिरहेको बेला सहकारीको तरकारी घुम्ती सेवाले आम नागरिक अधिक राहत पाएको छ ।
तरकारीमा कोभी, बन्दा गोभी, सिमी, टमाटर, धनियाँ आदी उपलब्ध गराइदै छ । बजारमा टमाटर ७० रुपैयाँ प्रतिकिलो विक्री हुँदा सहकारीले मात्र ४० रुपैयाँ प्रतिकिलो विक्री वितरण सहज रुपमा गरिरहेको छ ।
सहकारीको तरकारी घुम्ती सेवाबारे थप जानकारीको लागि Dhruv Yadav -9854025599 | 9854022862 (Sanjay Sah) मा फोन गरी बुझन सकिने छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…