टिकटकद्धारा भारतलाई एक अर्बको स्वास्थ्य सामग्री प्रदान
न्यूज ब्यूरो, एजेन्सी । विश्व चर्चित मनोरञ्जनात्मक भिडियो सामाजिक सञ्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनबाट सञ्चालित टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको

२०७६ चैत १९ बुधबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्व चर्चित मनोरञ्जनात्मक भिडियो सामाजिक सञ्जाल टिकटकले भारतलाई एक अर्ब भारतीय रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
चीनबाट सञ्चालित टिकटकले कोरोना भाइरस नियन्त्रणमा लागि परेको भारतलाई चार लाख चिकित्सकीय सुट र दुई लाख मास्क प्रदान गरेको इकोनोमिक टाइम्सले जनाएको छ । उक्त स्वास्थ्य सामग्रीहरु सय करोड भारतीय रुपियाँ बराबरको भएको जनाइएको छ ।
भारतमा ११ करोड ९० लाख टिकटक प्रयोगकर्ताहरु छन् । विश्वभर भने ५० करोड टिकटक प्रयोगकर्ता दैनिक अनलाईन हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…