विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, मंगलबार धेरै
न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मंगलबार एकैदिन ४३ सय ४१ जनाको मृत्यु भएको छ । यो कोरोना संक्रमणको कारण एकै दिनमा भएको अहिलेसम्मकै धेरै मृत्यु हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ । संक्रमितको

२०७६ चैत १९ बुधबार, बिहान ८:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मंगलबार एकैदिन ४३ सय ४१ जनाको मृत्यु भएको छ ।
यो कोरोना संक्रमणको कारण एकै दिनमा भएको अहिलेसम्मकै धेरै मृत्यु हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ ।
संक्रमितको संख्या साढे आठ लाख नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ८ लाख ५७ हजार २ सय ६१ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन् ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । संक्रमितको संख्या एक लाख ५ हजार ७ सय ९२ पुगेको छ ।
इटालीपछि मंगलबार स्पेनमा धेरैको मृत्यु भएको छ । स्पेनमा एकै दिन ७ सय ४८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै ९६ हजार पुगेको छ । स्पेनमा अहिलेसम्म यसको संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।
अमेरिकमा मंगलबार एकै दिन कोरोना संक्रमणबाट ७ सय २६ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु र संक्रमण हुनेदर बढ्दै गएको छ ।
त्यहाँ अहिलेसम्म ३८ सय ६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ लाख ८७ हजार ६ सय ९१ पुगेको छ । अमेरिका संक्रमणमा सबैभन्दा अघि छ ।
कोरोना संक्रमणको उद्गम थलो चीनमा भने मंगलबार एक जनाको मृत्यु भएन भने नयाँ संक्रमित पनि देखिएनन् । फ्रान्समा मंगलबार एकैदिन कोरोना संक्रणबाट ४ सय ९९ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ३५ सय २३ पुगेको छ । ५२ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
युकेमा एकैदिन ३ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ मंगलबार ३ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट मंगलबार इरानमा १४१, बेल्जियममा १९२, नेदरल्यान्डमा १७५ जनाको मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…