कोरोना खोप : अन्य देशमा पनि परीक्षण गर्ने चीनको तयारी, विश्वको चासो
न्यूज ब्यूरो, एजेन्सी । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अन्य देशहरुमा पनि परीक्षण गर्ने भएको छ । कोरोना रोकथामका लागि विकसित भ्याक्सिन आफ्नो देशमा सफलतापूर्वक परीक्षण गरेपश्चात अन्य देशमा पनि परीक्षण गर्ने तयारीमा चीन लागेको हो । कोरोनाविरुद्धको नयाँ भ्याक्सिनको अनुसन्धानमा जुटिरहेका

२०७६ चैत १९ बुधबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अन्य देशहरुमा पनि परीक्षण गर्ने भएको छ ।
कोरोना रोकथामका लागि विकसित भ्याक्सिन आफ्नो देशमा सफलतापूर्वक परीक्षण गरेपश्चात अन्य देशमा पनि परीक्षण गर्ने तयारीमा चीन लागेको हो । कोरोनाविरुद्धको नयाँ भ्याक्सिनको अनुसन्धानमा जुटिरहेका चेन वीले चिनियाँ सरकारी समाचारपत्र चाइना डेल्लीसँगको कुराकानीमा अब अन्य देशमा परीक्षण गर्ने तयारी गरिरहेको जनाए ।
चीनमा कोरोना भाइरसको प्रकोप फैलिएसँगै यहाँका अनुसन्धानकर्ताहरु यस विरुद्धको खोप विकास गर्न दिनरात खटिरहेका छन् । यो खोपको परिणामप्रति विश्वका थुप्रै देशहरुले चासो देखाइरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…