प्रदेश नं. २ को राजधानी जनकपुर तोकियो
जनकपुरधाम, ४ माघ । प्रदेश सभाको निवाचन भएको ४१ दिनपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामलाई तोकेको छ ।प्रदेश नम्बर २ मा मधेशी गठबन्धनको सरकार फोरमको नेतृत्वमा बन्ने निश्चित छ ।त्यसैले फोरमको सिफारिसमा प्रदेश नम्बर २ को प्रमुखमा रत्

२०७४ माघ ४ बिहीबार, दिउँसो ४:३९ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ४ माघ । प्रदेश सभाको निवाचन भएको ४१ दिनपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामलाई तोकेको छ ।प्रदेश नम्बर २ मा मधेशी गठबन्धनको सरकार फोरमको नेतृत्वमा बन्ने निश्चित छ ।त्यसैले फोरमको सिफारिसमा प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थलाई नियुक्त गरेको छ । प्रदेश नम्बर २ मा ८ जिल्ला छन् ।
ती मध्ये जनकपुरधाम मध्यमा पर्ने र धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्व बोकेकोले अस्थायी राजधानी तोकेको कृषि मन्त्री रामकृष्ण यादवले जनाए । राजधानी माँगगर्दै वीरगञ्जमा ११ दिनदेखि रिले अनशन हुँदै आएको थियो । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुको सकृयतामा भएको रिले अनशनप्रति मधेशी नेताहरुले खासै चासो लिएक थिएनन् ।तर बारा जिल्लाका काँग्रेस, एमाले, माओवादी नेताहरुले समर्थन जनाएका थिए ।
जनकपुरधाम राजधानी हुनेमा धेरै विवाद थिएन ।नेपाली काँग्रेसका प्रभावशाली नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगी विमलेन्द्र निधिको चाहना र मधेशी दलका नेताहरुको समेत समर्थन रहेकाले राजधानीमा खासै विवाद थिएन् ।
प्रदेशको अस्थायी राजधानी तोक्न मन्त्रिपरिषदमा विवाद भएको थियो ।बिहानदेखि सुरु भएको बैठकमा लञ्च ब्रेक गरिएको थियो ।दिउँसोको बैठकले निर्णय लिएको थियो । सरकारलाई प्रदेश नम्बर ३ र ५ को राजधानी तोक्न समस्या भएको थियो ।
प्रदेश नम्बर ३ को राजधानी हेटौडामा तोक्ने सरप्राइज निर्णय सरकारले गरेको छ ।त्यसैगरि प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको सकृयतामा हेटौडालाई राजधानी तोकिएको छ ।त्यसैगरि काँग्रेस नेता एवं प्रधानमन्त्री देउवाका विश्वासपात्र बालकृष्ण खाँडको प्रयासले दांगको प्रस्तावित अस्थायी राजधानीलाई रुपन्देहीमा राखिने निर्णय सरकारले गरेको छ । लामो खिँचातानी र विवादपछि बुधवार बसेको मन्त्रीपरिषद बैठकले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेको छ ।
प्रदेश प्रमुखलाई पुर्ण समय निरन्तरता दिन प्रधानमन्त्री देउवाले वाम गठबन्धनको सहमति लिने प्रयास गरेका थिए ।तर प्रधानमन्त्री देउवाको प्रस्तावप्रति वाम गठबन्धन सकारात्मक नभएपछि मधेशी गठबन्धनको सहमतिमा प्रदेश प्रमुखको घोषणा गरिएको छ । प्रदेश प्रमुख तोकिएसँगै निर्वाचन आयोगलाई प्रदेश सो निर्वाचन परिणाम बुझाएर राष्ट्र्यि सभाको निर्वाचन प्रकृयालाई अगाडी बढाउन बाटो खुलेको छ । प्रदेश प्रमुख र राजधानी नतोकिँदा राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका प्रभावित हुने स्थिति बन्न लागेको थियो ।
प्रदेशसभाको अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगलाई समस्या भएको थियो ।संभवतः प्रदेश प्रमुखहरुले विहिवार राष्ट्पतिबाट सपथग्रहण गरेपछि निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन परिणाम बुझाउने छन् । प्रदेश सभाको चुनाव परिणाम बुझेपछि प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुलाई सपथग्रहण गराउने छन् ।प्रदेश सभा सदस्यहरुको सपथग्रहणपछि माघ ७ गते निर्वाचन आयोगले उनीहरुको
नाम समेत समावेशग।रि राष्ट्रिय सभाको मतदाता नामावली सार्वजनिक गर्ने छ । माघ २४ गतेको राष्ट्र्यि सभा निर्वाचनको कार्यक्रम अब प्रभावित हुने छैन् । अस्थायी राजधानी नतोकिँदा निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उच्च अदालत रहेको स्थानमा मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को घोराही, ६ को सुर्खेत र ७ को दिपायलमा मतदान केन्द्र तोकिएको हो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…