एसियामा अझै कोरोनाको महामारी सकिएको छैन : डब्ल्यूएचओ
न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ । डब्ल्यूएचओले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढ

२०७६ चैत १८ मंगलबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९)को महामारी अझै नसकिएको बताएको छ ।
डब्ल्यूएचओले सबैलाई कोरोना भाइरसविरुद्ध लड्ने आफ्नो कदम कायम राख्न आग्रह गरेको छ । चीनको बुहावबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले युरोप र अमेरिकाका बढी छ ।
तर, एसिया–प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव नरोकिएको डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओको पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेशी कासाईले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षाको व्यवस्था गरिरहनुपर्ने बताए ।
उनले सबै मुलुकले स्थानीय अवस्थाअनुसार भाइरस रोक्ने प्रयत्न जारी राख्नुपर्ने उल्लेख गरे । संक्रमितको पहिचान, आइसोलेशन र परीक्षणको काम छिटै गर्ने, संक्रमितको सम्पर्कका आएका मानिसलाई जतिसक्दो छिटो क्वारेन्टाइनमा राख्ने र सामाजिक दूरी घटाउने उपाय अवलम्बन गर्ने कामलाई सबै मुलुकले जारी राख्नुपर्ने डब्ल्यूएचओको सुझाव छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…