कोरोनाका कारण पूर्वी एसियामा गरिबी बढ्ने विश्व बैंकको चेतावनी
न्यूज ब्यूरो, एजेन्सी । विश्व बैंकले कोरोना भाइरसका कारण पूर्वी एसियामा गरिबी बढ्ने चेतावनी दिएको छ । भाइरसको फैलावटका कारण विश्वकै अर्थव्यवस्था समस्याग्रत भइरहेको भन्दै विश्व बैंकले गहिरो चोट व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकले कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा पनि असर पर्ने जना

२०७६ चैत १८ मंगलबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्व बैंकले कोरोना भाइरसका कारण पूर्वी एसियामा गरिबी बढ्ने चेतावनी दिएको छ ।
भाइरसको फैलावटका कारण विश्वकै अर्थव्यवस्था समस्याग्रत भइरहेको भन्दै विश्व बैंकले गहिरो चोट व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकले कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा पनि असर पर्ने जनाएको छ ।
केही महिना अघि नै विश्व बैकले चीनको अर्थ व्यवस्थाको वृद्धिदर ५.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको थियो । कोरोना भाइरसका कारण अवस्था झन् खराब भएको दाबी अहिले गरेको छ ।
विश्व बैकले चीनसँगै भारत, पाकिस्तान, नेपालजस्ता देशमा पनि ठूलो असर पर्ने बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…