बाबा रामदेवले दिए कोरोना भाइरसविरुद्ध लड्न ४० करोड
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् । यसैक्रममा योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु (नेपाली ४० करोड) सहयोगको घोषणा गरेको छ । बाबा रामदेवले आज भाइरसव

२०७६ चैत १७ सोमबार, राति ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणविरुद्ध लड्नका लागि भारतका कयौं उद्योगी व्यवसायी एकताबद्ध भएका छन् ।
यसैक्रममा योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेदले भारत सरकारले स्थापना गरेको ‘पीएम केयर फण्ड’ मा २५ करोड भारु (नेपाली ४० करोड) सहयोगको घोषणा गरेको छ ।
बाबा रामदेवले आज भाइरसविरुद्ध लड्नका लागि पतन्जलीले सो सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि यो फण्डमा दर्जनौं भारतीय उद्योगपतिहरुले दान दिइसकेका छन् । टाटा समूहले त अन्य उद्योगपतिको तुलनामा निकै धेरै अर्थात १५०० करोड भारु फण्डलाई दिने घोषणा गरिसकेको छ ।
भारतमा हालसम्म २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने यसबाट १ हजार ७१ जना प्रभावित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…