लहानमा एक किसानले बाँडे १६ क्विन्टल भन्टा
न्यूज ब्यूरो, सिरहा । लकडाउनको कारणले स्थानीय हाटबजारमा तरकारी किन्नसमेत सकस भएपछि सिरहाको लहानमा एक किसानले निःशुल्क तरकारी वितरण गरेका छन् । लहान नगरपालिका–२४ गोविन्दपुरका रामप्रकाश महतोले शनिबार लहान बजार क्षेत्रमा करिब १६ क्विन्टल तरकारी बाँडेका हुन् । महतोले आफ्नो पाँच कट्ठा बारीमा उब्जाएको ८०

२०७६ चैत १६ आइतबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लकडाउनको कारणले स्थानीय हाटबजारमा तरकारी किन्नसमेत सकस भएपछि सिरहाको लहानमा एक किसानले निःशुल्क तरकारी वितरण गरेका छन् ।
लहान नगरपालिका–२४ गोविन्दपुरका रामप्रकाश महतोले शनिबार लहान बजार क्षेत्रमा करिब १६ क्विन्टल तरकारी बाँडेका हुन् । महतोले आफ्नो पाँच कट्ठा बारीमा उब्जाएको ८० हजार रुपैयाँबराबरको भन्टा सर्वसाधारणलाई दिए ।
गाउँले चारजना युवाको सहयोगमा उनले आफ्नै ट्याक्टरमा १६ क्विन्टल भन्टा हालेर बजारका बासिन्दालाई बाँडेका हुन् । उनी नेपाल सरकारद्धारा पूर्वाञ्चलकै उतकृष्ट उखु किसानको पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…