कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको ज्यान गएको शाही परिवारले पुष्टि गरेको छ । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थि

२०७६ चैत १६ आइतबार, बिहान ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको ज्यान गएको शाही परिवारले पुष्टि गरेको छ । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । स्पेनमा हालसम्म ५ हजार ८ सय १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ भने ७२ हजार २ सय ४८ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
शनिबार मात्रै स्पेनमा ६ सय ७४ जनाको मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…