सरकारले किन्न लागेको सुरक्षा सामाग्रीमा भ्रष्टाचारको आशंका
यसको निष्पक्ष छानबिनको माग उठेको छ ।

२०७६ चैत १६ आइतबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरू एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । तर, यी सामग्रीको खरिदमा चरम आर्थिक अनियमितता हुन लागेको आशंका गरिएको छ ।
निजी क्षेत्रले सोही गुणस्तरका सामग्री सरकारलाई उपलब्ध गराएकोभन्दा तेब्बर मूल्यमा चीनबाट किन्ने प्रक्रिया अघि बढाइएपछि भ्रष्टाचारको आशंका उब्जिएको हो । चौधरी गु्रपले एक हजार रुपैयाँमा प्रतिसेट पीपीई सरकारलाई उपलब्ध गराएको छ ।
उद्योगपति वसन्त चौधरीले आफूहरूले प्रतिसेट तीन हजार रुपैयाँको दरले पीपीई उपलब्ध गराएको जानकारी ट्वीटमार्फत् दिएका छन् । तर, स्वास्थ्य मन्त्रालयले भने सोही सामग्री प्रतिसेट १५ हजार रुपैयाँमा किन्न लागेको छ ।
यसको निष्पक्ष छानबिनको माग पनि उठेको छ । यो समाचार ईमेज खबरको अनलाइन संस्करणमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…