मोदीले गरे कोरोना भाइरसविरुद्ध लड्न 'पीएम–केयर्स' घोषणा
न्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् । मोदीले शनिबार यो कोषको घोषणा गरेका हुन् । जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड

२०७६ चैत १५ शनिबार, राति १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् ।
मोदीले शनिबार यो कोषको घोषणा गरेका हुन् । जनताहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगको अपिल गर्दैै प्राइम मिनिस्टर्स सिटिजन इसिस्टेन्ट एण्ड रिलिफ इन इमर्जेन्सी सिचुएसन्स फण्ड (पीएम–केयर्स)को घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले यो भाइरसको कारण ज्यान गुमाएका परिवारले यो भाइरसविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको कारण उनीहरुको इच्छाको सम्मान गर्दै यो कोष स्थापना गरिएको जानकारी दिए । यो अभियानले स्वस्थ भारत निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।
भारतमा कोरोना भाइरस कोभिड–१९ का कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ भने नौ सयभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…