जनकपुरमा कालोबजारी : आज फेरी २ पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जना फेरी जनकपुरबाट पक्राउ परेका छन् । मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४

२०७६ चैत १४ शुक्रबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जना फेरी जनकपुरबाट पक्राउ परेका छन् ।
मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ । लकडाउन सुरु भएयता प्रहरीले पछिल्लो तीन दिनमा जनकपुरबाट कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…