सामान्य बन्दै चीनको दैनिकी
न्यूज ब्यूरो, एजेन्सी । चीनको दैनिकी करिब साढे दुई महिनापछि सामान्य बन्दै गएको छ । कोभिड–१९ को लडाइँ जितेपछि चीनका सार्वजनिक स्थलहरू खुलेका छन् । बजार र यातायात चल्न थालेका छन् । उद्योग तथा कलकाराखाना पनि सञ्चालनमा आएका छन् । आन्तरिक आवतजावत खुला भएपनि अन्तराष्ट्रिय आवागमन भने केही समय बन्द रहने चाइ

२०७६ चैत १४ शुक्रबार, दिउँसो ३:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । चीनको दैनिकी करिब साढे दुई महिनापछि सामान्य बन्दै गएको छ ।
कोभिड–१९ को लडाइँ जितेपछि चीनका सार्वजनिक स्थलहरू खुलेका छन् । बजार र यातायात चल्न थालेका छन् । उद्योग तथा कलकाराखाना पनि सञ्चालनमा आएका छन् ।
आन्तरिक आवतजावत खुला भएपनि अन्तराष्ट्रिय आवागमन भने केही समय बन्द रहने चाइना डेलीले उल्लेख गरेको छ । कोभिड–१९ को उद्गमथलो वुहानमा खटिएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक पनि आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन् ।
अवस्था सामान्य हुँदै गएकाले यो सातादेखि स्वास्थ्यकर्मीले साप्ताहिक बिदा पाउन थालेका छन् । चीनमा ८१ हजार २८५ संक्रमितमध्ये ७४ हजार ५१ संक्रमणमुक्त भइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…