जनकपुरः तरकारीको मूल्य दोब्बर, ग्याँस लुकाउँदै व्यापारी
१५ रुपैयाँको सागको मुन्टोलाई आज ६० रुपैयाँ लिएर विक्री वितरण गरिएको छ ।

२०७६ चैत ११ मंगलबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले एक हप्ताको लागि देश लकडाउनको घोषणासँगै जनकपुरमा कालोबजारी सुरु भएको छ ।
सोमबारसम्म कमै रहेको तरकारीको मूल्य अचानक आज मूल्य दोब्बर भएको छ । जनकपुरको ठुलो बजारको रुपमा रहेको पेठिया बजारमा सोमबारसम्म ३० रुपैयाँ किलो आलू रहेकोमा आज ५५ रुपैयाँसम्म विक्री वितरण भएको छ ।
फूलगोभी प्रतिकिलो १० रुपैयाँ पाउँदा आज ५० रुपैयाँ प्रतिकिलोको व्यापार भएको हो । १५ रुपैयाँको सागको मुन्टोलाई आज ६० रुपैयाँ लिएर विक्री वितरण गरिएको छ ।
पेट्रोल पम्प बन्द भएपछि पसलमा लुकाएर बेच्ने एक लिटर पेट्रोलको मूल्य भने १ सय ३० रुपैयाँसम्म उठाइएको छ । लकडाउनको प्रथम दिनदेखि नै केही व्यावासीहरुले आम उपभोक्ताको बाध्यताको फाईदा उठाईरहेका छन् ।
यता, तरकारी वा अन्य उपभोग्य वस्तुमा तोकिएको मूल्य भन्दा बढी रकम लिए तत्कालै प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
यता, जनकपुरमा ग्याँस विक्रेताहरुले ग्याँसको अभाव देखाएका छन् । पसलमा आम उपभोक्ता ग्याँस लिन जाँदा ग्यास नै नभएको भनेर फर्काउने गरेको छ ।
नियमित ग्राहकलाई मात्र उपलब्ध गराएपनि अन्य ठाउँबाट लिँदै आएको र अभावमा ल्याउन गएपछि ग्याँस नभएको भनेर फिर्ता पठाउने गरेको छ ।
ग्याँस अभावको कारण कैयौं विद्यार्थीहरु जनकपुरमा च्यूरा, चिनी खाएर दिन विताउन बाध्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) रामेश्वर कार्कीले जनकपुरभरि नै माईकिँग गरी आम नागरिकमा सूचित गरिएको बताउनुभएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै उहाँले कतै बढी मूल्य लिए तत्कालै जिल्ला प्रशासन कार्यालय, वा १०० मा वा 9854026770 मा फोन गरी जानकारी दिन आग्रह गर्नुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…