जनकपुरमा औषधी छर्कियो
बजारभरि औषधी छर्किएपछि नगरवासीले मेयरको कार्यलाई सराहना गरेका छन्

२०७६ चैत १० सोमबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोलीदेखि देश नै लकडाउन गरेपछि जनकपुरमा लामखुट्टेको औषधी छर्किएको छ ।
जनकपुरमा लामखुट्टेको प्रकोप बढेपछि नगर प्रमुख लाल किशोर साहको निर्देशनमा लामखुट्टेको औषधी छर्किएको हो । जनकपुरधाम उपमहानगरपालिका (बजार) क्षेत्र भित्रको कुनकाप्चामा लामखुट्टेको औषधी छर्किएको हो ।
लामखुट्टेको प्रकोपपछि जनगुनासो र लकडाउनलाई मध्यनजर गर्दै जनकपुरवासीलाई लामखुट्टेबाट राहत हेतु बजारभरि औषधी छर्किएको हो ।
बजारभरि औषधी छर्किएपछि नगरवासीले मेयरको कार्यलाई सराहना गरेका छन् भने नियमित रुपमा औषधी छर्किन अपेक्षा जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…