कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ । पछिल्लो तथ्यांकानुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको म

२०७६ चैत १० सोमबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ ।
पछिल्लो तथ्यांकानुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ । त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन् ।
अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ । ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन् ।
गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी जर्मनीमा १०, कोरियामा २, अस्ट्रियामा ८, बेल्जियममा ८, स्वीडेनमा १, पोर्चुगलमा २, ब्राजिलमा ७, क्यानाडामा १, मलेसियामा २, टर्कीमा ९, चेकियामा १, आयरल्यान्डमा १ जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन् ।
हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । भारतमा ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…