भारतको बिहारमा कोरोनाका कारण एकको मृत्यु
न्यूज ब्यूरो, भारत । भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको ज्यान गएको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो । मृतक कत्तारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको

२०७६ चैत ९ आइतबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको बिहारमा कोरोना भाइरस (कोभिड १९) का कारण एकजनाको ज्यान गएको छ ।
बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो । मृतक कत्तारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान भएको थियो ।
पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको किड्नी फेल भएको थियो । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
बिहारमा कोरोना संक्रमित अर्का व्यक्ति एनएमसीएचको आइसोलेशन वार्डमा छन् । उनी स्कटल्याण्डबाट फर्किएका थिए ।
आइतबार भन्दा अघि बिहारमा कोरोना भाइरस संक्रमणका कुनै घटना थिएन । यससँगै भारत नेपाल सीमानाकामा विशेष सतर्कता अपनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…