कोरोना भाइरस : मृतकको संख्या १३ हजार नाघ्यो, ९४ हजार निको भए
कोरोना भाइरसको संत्रासले यत्तिबेला विश्व नै आतंकित बनेको छ ।

२०७६ चैत ९ आइतबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार, आज (आइतबार) बिहान साढे ६ बजेसम्मको कोरोनाबाट विश्वभर १३ हजार २५ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको । यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ सय २५ पुगेको छ। त्यहाँ अहिलेसम्म ४२ हजार ६ सय ८१ जना संक्रमित उपचारको क्रममा छन् । इटालीमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ । अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ ।
त्यसैगरी गएको २४ घन्टामा स्पेनमा २८५, अमेरिकामा ६८, इरानमा १२३, फ्रान्समा ११२, युकेमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म अमेरिकामा ३२४, स्पेनमा १३ सय ७८, इरानमा १५ सय ५६, फ्रान्समा ५६२, चीनमा ३२ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ३३२ पुगेको छ । त्यहाँ ५ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार बिहानसम्म कोरोनाबाट विश्वभरि ३ लाख ६८ हजार ९२ जना संक्रमित भएका छन् । गएको २४ घन्टामा कोरोनाबाट विश्वर १६ सय ३८ जनाको ज्यान गएको छ।
विश्वभर हालसम्म ९४ हजार सात सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् । कोरोना भाइरसको संत्रासले यत्तिबेला विश्व नै आतंकित बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…