जनकपुरः क्रसर डन 'महतो 'समातिए
क्रसर बन्द तथा अधिकारिक बनाउ बारम्बार पत्र काटेपनि अटेरी गर्दै आएको थियो ।

२०७६ चैत ८ शनिबार, दिउँसो ३:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक क्रसर डनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको छ ।
आज दिउँसो करिब १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सँयुक्त टोलीले एक क्रसर डनलाई पक्राउ गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ स्थित सँचालनमा रहेको स्थानीय महादेव महतोको कमला कन्सट्रक्सनका सँचालकलाई पक्राउ गरिएको हो । सँयुक्त टोलीले उनलाई नविकरण नै नगरी सँचालन गरेको भन्दै पक्राउ गरेको हो ।
नियमित रुपमा क्रसर सँचालन गर्दै कर छली गर्दै आएको तथा अवैद्य रुपमा उत्खनन समेत गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
गणेशमान चारनाथ नगरपालिकाले समेत विभिन्न समयमा क्रसर बन्द तथा अधिकारिक बनाउ बारम्बार पत्र काटेपनि अटेरी गर्दै आएको थियो ।
जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले अवैद्य रुपमा क्रसर सँचालन गरेको कारण उनलाई पक्राउ गरिएको बताउनुभएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उहाँले अवैद्य रुपमा नदीमा उत्खनन गरेकोले पक्राउ गरिएको बताउनुभयो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…