दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने
सोल, १ माघ : दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लाग्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लाग्नुभएको छ । उहाँले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नुहुने छ । विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्च
२०७४ माघ १ सोमबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

सोल, १ माघ : दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकी उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लाग्नुभएको छ । उहाँले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नुहुने छ ।
विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
त्यस भेटका क्रममा उहाँले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा उप विदेशमन्त्री सुलिभानलाई जानकारी दिनुहुने बताइएको छ ।
उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ भने दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…