कोरोना भाइरस : प्रादेशिक अस्पतालमै छैन सतर्कता
यस सम्बन्धमा प्रादेशिक अस्पतालका ईमेर्जेन्सी वार्ड ईन्चार्ज गोपाल साहसँग प्रतिक्रिया लिँदा पञ्छिन खोजे ।

२०७६ चैत ६ बिहीबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण यत्तिबेला विश्व नै त्रसित बनेको छ ।
विश्वभरको सयबढी देशमा संक्रमण फैलिसकेको कोरोना भाइरसबाट विश्वको विभिन्न देशमा ६ हजारबढीको ज्यान पनि गइसकेको छ । कारोना भाइसरको डरले सशंकित बनेको विश्वले यत्तिबेला भाइरसबाट बच्न उच्च सतर्कता अपनाइरहेको छ ।
नेपालमा हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि नेपालमा पनि सघन सतर्कता अपनाइएको छ । नेपाल सरकारले कोरोना भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क भएर सावधानी पूर्वक बस्न देशबासीलाई आग्रह गर्दै आएको छ ।
सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाबाट सतर्कता हेतु भोलि बिहीबारदेखि सञ्चालन हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नै स्थगित गर्दै विभिन्न निर्णयहरु पनि गरेको छ । तर, सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न पटकपटक आग्रह गर्दै आएपनि विरामीको स्वास्थोपचार गरिने ठाउँ अस्पतालमै चरम लापरवाही देखिएको छ ।
जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालमा चरम लापरवाही देखिएको हो । अस्पताल जस्तो संवदेनशिल ठाउँमा झन सर्तकता अपनाउनु पर्नेमा प्रादेशिक अस्पताल प्रशासन गैर जिम्मेवार देखिएका छन् । न्यूज ब्यूरोको टोली बुधबार प्रादेशिक अस्पताल पुग्दा ईमेर्जेन्सी वार्डमा उपचाररत रहेको विरामीका कुरुवाहरु विना माक्सकै देखिए ।
विना माक्स आएका विरामी र विरामीसँगै बस्ने कुरुवालाई माक्स उपलब्ध गराएर वा लगाउन लगाएर सचेतता अपनाउन लगाउनु पर्नेमा अस्पताल प्रशासन गम्भीर देखिएन । एकजना कुरुवाले भने, ‘अस्पताल झन संवेदनशिल ठाउँ हो, यहाँ झन सतर्कता अपनाउनुपर्ने हो, तर अस्पतालको कुनै चाँसो देखिँदैन ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…