पूर्वमन्त्री चित्रलेखा यादवकी बुहारीको आरोप : 'ससुराबाटै यौन हिँसा भयो'
रानीले आफ्नो फेसबुक पेजमा आफैले हस्ताक्षर गरेको पत्र पनि सार्वजनिक गरेकी छिन्।

२०७६ चैत ५ बुधबार, दिउँसो १२:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सिरहाकी नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व मन्त्री चित्रलेखा यादवकी बुहारीले आफ्नै ससुरा (चित्रलेखाकी श्रीमान्) उपर गम्भिर आरोप लगाएकी छिन् ।
यादवकी बुहारी रानी यादवले आफू आफ्नै ससुरा डा. रामकृष्ण यादवबाट यौन हिँसाको शिकार भएकी आरोप लगाएकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकमा आफ्नै ससुरा डा. श्रीकृष्ण यादवले यौन हिंसा गरेको आरोप रानीले लगाएकी छिन्।
ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गर्दै आएको रानीको आरोप रहेको छ। चित्रलेखाका पति डा. श्रीकृष्ण यादव लोकसेवा आयोगका पूर्वसदस्य हुन्।
रानीले आफ्नो फेसबुक पेजमा आफैले हस्ताक्षर गरेको पत्र पनि सार्वजनिक गरेकी छिन्।
२०७६ चैत २ गते अर्थात गत मार्च १५ को विहान ९ बजेर ४० मिनेटमा आफ्नो अधिकारिक फेसबुकमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा सासु रानीले सासु चित्रलेखाले पति डा. श्रीकृष्णले यौनहिंसा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै उकासेको आसय आएको छ।
रानीका श्रीमान अमेरिकामा बस्छन् । उनीहरुको ४ बर्षका एक छोरा पनि छन् । त्यही छोराका खातिर आफूले ५ बर्षदेखि ससुराको यौनउत्पीडन सहँदैआएको उनले उल्लेख गरेकी छन् ।
डा. श्रीकृष्ण यादवले गरेको यौनहिंसाका बारेमा सिरहामा उनका आफन्त सबैलाई सुनाउँदा पनि कोही पनि उनीहरुका शक्तिका कारण बोल्न नसकेको रानीले उल्लेख गरेकी छन् ।
रानी यादवले लेखेकी चिठ्ठीको ८ पेज यहाँ हेर्नुहोस् ।
यता, सांसद चित्रलेखा यादवले रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग गइसकेकी आरोप लगाइन्।
सांसद यादवले रानीको अरुसँग साँठगाँठ रहेको आरोप लगाएकी छिन् भने समाजिक सञ्जालमा पनि रानी अर्कै सँग भएको भनेर टिकाटिप्पणीहरु गरिएको छ ।
आफ्नो श्रीमान छाडेर अरुसँग गएको भनेर केही जनाले टिप्पणी गरेको छ । सो क्रममा रामबाबू सिँहले लेखेका छन् –"जसलाई अफ्नो घर इज्जत को खयाल नगरि बिना जानकारी घर छोडी गएको लाई आफ्नै इज्जतको के मतलब । यसरी सामाजिक सञ्जाल मा चरत्री हत्या गर्नु न हुने।"
यस्तै, मुकेश महासेठले लेखेका छन् – “तिमी जुन केटा यम बिक संग भागेको हो। त्येस केटा को बरेमा के थाहा छ । दुई वटा बिहे पहिले नै गरि सकेको केटो हो । तिमी लाई use and throw गर्छ। मेरो यो कुरा याद रख्नू । तिमी आफ्नो जिवन को साथ आरव बाबू को पनी भविस्य खराब गर्यो।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…