सन् २०१७ मा हजारौँ आप्रवासी स्वदेश फिर्ता
त्रिपोली, लिविया, १ माघ : आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ । उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानी
२०७४ माघ १ सोमबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

त्रिपोली, लिविया, १ माघ : आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।
उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानीमा हवाई मार्गमार्फत फिर्ता पठाइएको जनाएको हो ।
आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएाके बताएको छ ।
यसरी स्वदेश पठाइएका अधिकांश आप्रवासीमध्ये प्रायजसो विभिन्न अफ्रिकी तथा एसियाली देशका नागरिक रहेको पनि उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आप्रवासीले पछिल्लो समयमा उनीहरुको यूरोप तथा अमेरिका प्रस्थान गर्ने मुख्य गन्तव्यको विन्दु लिवियालाई बनाउदै आएका छन् ।
सो दशेमा यसरी विविभन्न दशेका गैरकानुनी आप्रवासीहरुले गन्तव्यको एक ट्रान्जिट बनाउँदा केही बर्षदेखि सो मुलुकको अवस्था पनि अस्तव्यस्त बनेको समाचारमा जनाइएको छ ।्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…