जनकपुर एयरपोर्टमै एक युवक पक्राउ
कार्वाहीको लागी राजश्वन अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जनाइएको छ ।

२०७६ चैत ४ मंगलबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर एयरपोर्टबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैद्य भारतीय रुपैयाँ सहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । आज (मँगलबार) करिब १ः१५ बजेको समयमा जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँ भारु सहित पक्राउ गरेको हो ।
जनकपुर नागरिक उड्डयन कार्यालयमा विमान सुरक्ष गार्ड जनकपुरबाट खटिएको प्रहरी टोलीले विमानमा जाने श्री एयरलाईन्सको यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको जिल्ला मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने संजय कुमार गुप्ताको छोरा वर्ष २० को शिवम कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शिवमको शरीर तथा उनले बोकेको कालो झोला चेक जाँच गर्दा उक्त कालो झोलामा कपडाहरु रहेको र कपडाहरुको बिच भागमा बिक्की लेखिएको कपडाको झोला भित्र स्पोटर्स प्रभात लेखिएको भारतिय पत्रिकामा बेरीएको अवस्थामा भारतिय रु. २,०००।– को नोट १ सय ५० थान बरामद गरिएको छ ।
जम्मा भारतिय रु. ३,००,०००।– (तिन लाख) फेला पारी बरामद गरी आवश्यक कार्वाहीको लागी राजश्वन अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…