सडक दुर्घटनामा बाह्रको मृत्यु
नयाँ दिल्ली, १ माघ : पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएको छ । झारखन्ड राज्यको गुम्ला जिल्लाको एक राजमार्गमा आइतबार अबेर राति हिन्दुहरुको पर्व मनाएर फर्किरहेका व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानी
२०७४ माघ १ सोमबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ

नयाँ दिल्ली, १ माघ : पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएको छ ।
झारखन्ड राज्यको गुम्ला जिल्लाको एक राजमार्गमा आइतबार अबेर राति हिन्दुहरुको पर्व मनाएर फर्किरहेका व्यक्तिहरुको मृत्यु भएको बताइएको छ ।
प्रान्तीय राजधानी राँचीबाट १०० किलोमिटर टाढा रहेको स्थानमा सो घटना भएको छ । यस घटनामा ट्रक चालक पनि घाइते भएको गुम्ला प्रहरी प्रमुख अन्शुमनकुमारले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
यस घटनामा गम्भीर घाइते भएका चारजना यात्रुको अस्पतालमा उपचार भइरहेको बताइएको छ । भारत विश्वको तुलना बढी मात्रामा सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ ।
खराव स्थितमा रहेको सडक, मर्मत नभएको सवारी साधन र चालकको लापरबाहीका कारण भारतमा सडक दुर्घटना बढी मात्रामा हुने गरेका अधिकारीहरुको भनाई छ ।
भारतमा सडक दुर्घटनामा प्रत्येक बर्षमा १ लाख ५० हजार भन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।
गत डिसेम्बरमा भारतीय पश्चिमी राज्य राजस्थानमा एउटा बस नदीमा खस्दा भएको सडक दुर्घटनामा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…