सिरहामा स्कूल बसले २ बर्षे बालक किचे !
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको छ ।

२०७६ चैत ३ सोमबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
सिरहा नगरपालिका २२ स्थित बंगठियामा बोर्डिंग स्कूलको बसको ठक्करबाट स्थानीय नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंहको मृत्यु भएको हो । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।
बाटोमा खेलिरहेको बालकलाई बलले ठक्कर दिँदै उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…