इराकमा दुई वटा आत्मघाती आक्रमण २६ को मृत्यु
बग्दाद, १ माघ : इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो । पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६
२०७४ माघ १ सोमबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

बग्दाद, १ माघ : इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो ।
पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गर्नु भएको छ ।
मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए ।
सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो ।
यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…