धनुषाको खजुरी ईलाका हलचलमा, ठाउँ ठाउँमा छापामारी !
लगमा बजारमा प्रत्येक बजारको कम्तिमा पनि २०० लिटर खुल्ला रक्सीको विक्रि वितरण हुँदै आएको छ ।

२०७६ चैत १ शनिबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला दारु (मदिरा) को कारण धनुषामा ८ जनाको ज्यान गएपछि धनुषा प्रहरी हलचलमा आएको छ ।
खुल्ला मदिराकै कारण जनधनको क्षति भएपछि ईलाका प्रहरी कार्यालय खजुरीले विभिन्न ठाउँमा छापामारी गरेको छ । ईलाका भित्र पर्ने विभिन्न ठाउँमा छापामारी गरेको हो ।
सो क्रममा धनुषाको जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिका, विदेह नगरपालिकाको विभिन्न ठाउँमा अवैद्य रक्सी भठ्ठीहरुमा छापा हानेको छ ।
भठ्ठीहरुबाट करिब ४ बजेसम्म करिब ५ हजार लिटर बराबरको रक्सीको कच्चा पदार्थ बरामद गर्न सफल भएको छ । भठ्ठी भत्काउ अभियानलाई तीव्रता दिएको छ ।
अहिले केही बेरमा कमला नगरपालिकाको लगमा बजार स्थित बजारमै अनुगमन गर्न टोली पुगी सकेको बताइएको छ । बजारमा विक्रि वितरण भईरहेको खुल्ला मदिरा उपर कारवाही गर्ने जनाइएको छ ।
लगमा बजारमा प्रत्येक बजारको कम्तिमा पनि २०० लिटर खुल्ला रक्सीको विक्रि वितरण हुँदै आएको छ । धनुषाको बल्हा कठाल, खजुरी, ठाढी झिझा, लगमा, सघारामा घरेलु दारु चुहाउने कार्य बढी भईरहेको छ ।
आज लगमा बजारमा छापामारी गर्ने कार्यक्रम रहेको र टोली पुरै तयारीका साथ पुगिसकेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाले बताउनुभयो ।
भठ्ठी भत्काउने र खुल्ला मदिरा नियन्त्रणमा लिने तथा बेच्नेहरुलाई समेत कारवाही जारी राखिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…