सुब्बा र अडिटर घुस सहित रँगेहात पक्राउ !
कम्पनी अध्यावधिककै लागि त्यहाँ अडिटर र वकिलहरुले थप रकमहरु लिँदै आएको छ ।

२०७६ फागुन २९ बिहीबार, दिउँसो ३:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आम सेवाग्राहीबाट काम गरिदिने वापत घुस लिँदै गर्दा एक नायब सुब्बा र एक अडिटर रँगेहात पक्राउ परेका छन् ।
कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित रँगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीबाट कम्पनीको अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि ५ हजार रुपैयाँ घुस मागेका थिए । सो क्रममा कम्पनी रजिष्टारको कार्यालयमा आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेका थिए ।
सेवाग्राहीहरुबाट कामको लागि घुस माग्दै गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले नायब सुब्बा पन्थीलाई पक्राउ गरेको हो ।
उनका साथै अख्तियारको टोलीले लेखापरीक्षक (अडिटर) रामचन्द्र श्रेष्ठलाई समेत पक्राउ गरेको हो । दुवै जनाबीच ५ हजार रुपैयाँ लिने दिने क्रममा उक्त रकम सहित कार्यालय परिसरबाटै पक्राउ गरी अख्तियारको कार्यालय टँगाल लगिएको हो ।
कम्पनी अध्यावधिककै लागि त्यहाँ अडिटर र वकिलहरुले थप रकमहरु लिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…