आफ्नै बुबासँग फिरौती माग्ने छोरा पक्राउ
अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।
२०७६ फागुन २८ बुधबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । आफू अपहरणमा परेको भनी नाटक रचेका दुई जनालाई प्रहरीले आज (बुधबार) पक्राउ गरेको छ ।
आफू अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।
गत फाुगन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका(३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए ।
घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।
मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…