कत्तार : कत्तार सरकारले न्यूनत्तम Salary तोक्ने, नयाँ सेलरी कति ?
विभिन्न देशबाट कतार आएका कामदार, घरेलु कामदारको नयाँ तलब स्केल सम्बन्धी छलफल

२०७६ फागुन २७ मंगलबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कत्तार । बैदेशिक रोजगारीको लागि सबभन्दा बढी नेपाली गएका कत्तारका सरकारले कामदारको न्यूनत्तम पारिश्रमिक सम्बन्धी छलफल गरेको छ ।
नियमित रुपमा बस्ने शूरा काउन्सीलको बैठकमा कतारमा रहेका कामदारहरुको बेसिक सेलरी नयाँ तय गर्ने सम्बन्धी सरोकारबालाहरुसँग छलफल गरिएको छ ।
शूरा काउन्सिलले आफ्नो नियमित साप्ताहिक सत्र अनुसार, काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल–महमूदको अध्यक्षतामा सम्पन्न गरेको बैठकबाट नेपाल सहित विभिन्न देशबाट कतार आएका कामदार, घरेलु कामदारको नयाँ तलब स्केल सम्बन्धी छलफल गरेको हो ।
बैठकमा काउन्सिलले कतारमा कामको शिलशिला रहेका नेपाली, भारतीय, श्रीलंकन सहित विभिन्न देशका कामदार र घरेलु कामदारहरूको न्यूनतम ज्याला तय गर्ने मस्यौदामा छलफल गरेको हो ।
बैठकमा न्यूनत्तम ज्याला मस्यौदा कानून सम्बन्धी कानूनी र विधायकीय मामिला समितिको प्रतिवेदन उपर वृहत छलफल गरिएको थियो । सो छलफलमा कत्तारका प्रधानमन्त्री, प्रशासनिक विकास मन्त्री, श्रम र सामाजिक मामिला मन्त्रीको विशेष उपस्थिति रहेको थियो ।
श्रम र समाजिक मामिला मन्त्री यूसुफ बिन मोहम्मद अलओथमान फाखरोले मस्यौदा कानून, यसको उद्देश्य र यसको कार्यान्वयनका लागि संयन्त्रहरू बारे प्रकाश पार्नुभएको थियो ।
आगामी सन् २०३० सम्म यो ढाँचामा कतारमा काम गर्ने कामदारको न्यूनत्तम पारिश्रमिक तोक्ने निर्णय गरिएको हो । अन्तारष्ट्रिय मापदण्ड अनुरुप विकासको लागि कामदारहरुको न्यूनत्तम पारिश्रमक एक पडाव भएको भन्दै सो उपर वृहत छलफल गरिएको हो ।
मन्त्रीले मस्यौदा सम्बन्धी मस्यौदा सम्बन्धी काउन्सिलका सदस्यहरूको जिज्ञासालाई जवाफ दिँदै समितिको सिफारिसमा उनको प्रतिवेदनको प्रतिक्रियालाई पुष्टि गरे।
पारिश्रमिक उपर विस्तृत छलफल पश्चात काउन्सिलले मस्यौदा कानूनलाई मस्यौदामा पेश गर्नका लागि बैठकमा मन्त्री र काउन्सिलका सदस्यहरूसँग भएको छलफलको आधारमा कानूनी र व्यवस्थापकीय मामिला समितिको बैठकमा फिर्ता ल्याउन सिफारिस गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…