मिसेज नेपालमा मधेशकी आरती सिँह, भोट गर्न गरिन आग्रह
आरती सिँहको लागि गाउँ गाउँबाट पनि भोटको लागि अपिल गरिएको छ ।

२०७६ फागुन २७ मंगलबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल टुरिज्म प्रोमोटिंग वर्ष २०२० को लागि आयोजना हुन गईरहेको मिसेज नेपालको लागि मधेश मूलकी आरती सिँह समेत भाग लिएकी हुन् ।
उनी नेपाल टुरिज्म प्रोमोटिङ वर्ष २0२0 & empowering woman of nepal - 3rd Mrs. Nepal प्रतियोगितामा भाग लिएकी हुन् ।
मिथिला मधेशको भूमिबाट मिसेज नेपालको लागि प्रतियोगी नं. ९ रहेकोमा सबैमा भोटको लागि आव्हान गरेकी हुन् । ग्लोबल अनलाईन पे को आयोजनामा हुन गईरहेको टुरिज्म मिस नेपालको लागि उनले आफूलाई सहयोग गर्न अपिल गरेकी हुन् ।
आफूलाई भोटको लागि अपिल गर्दै उनले ग्लोबल अनलाईन पे को वेभसाईटबाट एक व्यक्तिले कम्तीमा ४ भोट र बढीमा १००० सम्म भोट गर्न पाउने बताएकी हुन् । आईएमई मार्फत समेत भोट गर्न सक्ने सुविधा रहेको भन्दै त्यस मार्फत पनि भोट गर्न आग्रह गरेकी हुन् ।
मधेशकी छोरीहरु घुम्टोभित्र सिमित मात्र रहेको थेगोलाई निरुत्साहित गर्नको लागि मधेश मूलकी नेपालीले आफ्नो पहिचान विश्वस्तरमा बढाएको र बढाउने प्रयास पनि जारी राख्ने बताउँदै उनले मधेशी छोरी पनि कसैभन्दा कम नरहेको दाबी गरिन् ।
प्रदेश नं. २ को धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मँगलपुर बस्ने आरती सिँहको लागि गाउँ गाउँबाट पनि भोटको लागि अपिल गरिएको छ । उनलाई भोट गर्नको लागि यस प्रकार भनिएको छ :
कृप्या मलाई अत्यधिक भोटको लगि यसरी (online) भोट गर्न सक्नुहुनेछ (Globalonlinepay.com) गई राइट क्लिक गर्नु होस, अनि event अपसनमा (Aarti Singh) content n.9 सेलेक्सन गरि ई-सेवा /IME / Phone Pay अथवा हजुरहरुको बैंकको खाता मार्फत समेत (pay:शुल्क) एक ब्यक्ती ले एक पटकमा न्युनतम ४ मत र अधिक्त्म १000 मत सम्म भोट गर्न सकनुहुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…