'ओली सरकार ३० वर्ष पुरानो मोडेलको मोबाईल' : डा. सिके राउत
अहिलेको युवा वर्गलाई नयाँ मोबाइलको नयाँ भर्सन र नयाँ फ्युचर र फिचर भएको नेता चाहिएको
२०७६ फागुन २४ शनिबार, बेलुकी ६:४९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नेपालको वर्तमान सरकार पुरानो मोडेलको मोबाईल जस्तै भएको बताउनुभएको छ ।
शुक्रबार युएईको दुबईमा मधेशी होली धमाकामा होली खेल्दै डा. राउतले अहिलेको सरकार पुरानो मोडेलको मोबाईल भएको भन्दै अहिले पनि पुरानै भर्सनमा काम गरिरहेको बताउनुभयो ।
उहाँले वर्तमान पीढीलाई आधुनिकतामा प्रवेश गराउनुभन्दा पनि पुरानै ढाँचामा काम गरिरहेको कारण लाखौं नेपालीहरु विदेश पलायन हुन बाध्य भएको बताउनुभयो । युएई जस्ता मरुभूमि बाहुल्य भएको देशमा पनि कृषिलाई आधुनिकरण गरेर कृषि प्रधान देश बनाएको बताउनुभयो ।

“नेपाल कृषि प्रधान देश हो तर मधेस क्षेत्र पूर्णरूपमा कृषि क्षेत्र थियो तर ,अहिले सबै विनाश भइरहेको छ। मधेसमा कृषिको माध्यम भए पनि दिन्हु हजारौं लाखौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेको छ । यसकारण हुन अहिलेका सरकार, जसले भाषामात्र ठोक्छ तर कृषिजन्य उपकरणहरु दिदैनन ।”– उहाँले भन्नुभयो ।
अहिलेको सरकार र नेता ३० वर्ष पुरानो मोबाइलको मोडेल जस्तै भएको बताउँदै उहाँले उहीँ भर्सनमा काम गरिएको आरोप लगाउनुभयो । अहिलेको युवा वर्गलाई नयाँ मोबाइलको नयाँ भर्सन र नयाँ फ्युचर र फिचर भएको नेता चाहिएको बताउँदै त्यो जनमत पार्टीले मात्र दिन सक्ने बताउनुभयो ।
“दुबई एउटा मरुभूमि देश हो तर, यहाँ हेर्दा मरुभूमि कम विकसित साथै कृषि प्रधान देश बनाएको छ। किन ? किनभने यो सरकार संग सीप र सोच छ।”– उहाँले थप्नुभयो ।
त्यही क्रममा NRMA का अमेरिका अध्यक्ष ईन्द्रजित यादबले भने - "अमिरका मा हाम्रा नेताहरु आउछन र छोराछोरी को लागि जब को लागि सिफारिस गर्छन तर उहीँ हाम्रा नेता नेपाल मा भाषा गरेर तालि पिटाउछन। त्यहि क्रममा NRMA कतार को अध्यक्ष सुर्यनारायण यादबले भने कतारमा दुईलाख मधेसी छन यो दुर्भाग्य पुर्ण हो। हामी जसोतसो यहाँ पेट पालिरहेका छौ। अगामि दिनमा हाम्रा सन्तान ले यसरी दु:ख नपाओस भन्ने कुरा लाई बुझि अगाडि बढदा राम्रो हुने छ र हाम्रा सन्तान स्वदेशमै रोजगार पाउने छन।"

दुबई NRMA का महासचिव विनोद कु. पासमानले प्रतिबेदन पेश गरेका थिए । विशेष अतिथि रुपमा रहेका NRMA का अन्तर्राष्ट्रिय अध्यक्ष तथा जनमत पार्टीका केन्द्रीय सदस्य ई. बसन्त कुशवाहाले होलीको शुभकामना दिदै सबैलाई धन्यवाद दिएका थिए । दुबई NRMA का उपाध्यक्ष जगनारायण मण्डलले कार्यक्रमलाई सन्चालन र उदघोष गरेका थिए ।
गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएईको आयोजनामा भएको होली समारोहका प्रमुख अतिथिको आसनबाट बोल्दै डा. राउतले युएईको सरकारबाट नेपाल सरकारले आईडियाहरु लिएर विकास तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत एनआरएमएका संस्थापक अध्यक्षसमेत हुन्।
शुक्रबारको होली समारोहमा सयौंको संख्यामा मधेशीहरु सहभागी भएका थिए। समारोहमा सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो।
कलाकारहरु सपना साह र आर्ती चौधरीलगायतले आ–आफ्नो प्रस्तुती दिएकी थिइन् भने एनआरएमएका युवाहरुले पनि सांस्कृतिक पहिचान झल्किने प्रस्तुती दिएका थिए।
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो। एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहाका अनुसार मधेशको सांस्कृतिक पर्व होलीलाई दुबईमा मधेशीहरुले भव्यताका साथ मनाएका छन्।
एनआरएमएले विदेशमा पनि मधेशको पहिचान स्थापना गराउने काम गर्दै आएको जनमत पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका ई.कुशवाहाले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…