प्रदेश २ मा ३ दिन सार्वजनिक विदा
परिक्रमाको १५ औं दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो ।

२०७६ फागुन २४ शनिबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले यसपाली होलीमा ३ दिन सार्वजनिक विदाको घोषणा गरेको छ ।
मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा र होली पर्वलाई मध्यनजर गर्दै ३ दिने सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव टिकामणी न्यौपानेले जानकारी दिनुभयो । शनिबार न्यूज ब्यूरोसँग संक्षिप्त कुराकानीमा उहाँले फागुन २५ गते आईतबार समेत सार्वजनिक विदा दिने भएको छ ।
यस्तै, होली पर्वलाई मध्यनजर गर्दै फागुन २७ र २८ गते समेत विदा दिने भएको छ । २५ गते आईबार मिथिला माध्यमिकी परिक्रमाको धार्मिक लस्कर जनकपुर आउने भएकोले जनकपुरवासीले स्वागतको लागि एक दिने विदा दिने भएको छ ।
यसरी प्रदेश सरकारले २५, २७ र २८ गते सार्वजनिक विदा दिने भएको छ ।
परिक्रमाको १५ औं दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो ।
फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा (अन्गगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…