प्रचण्ड उपर जुत्ता प्रहार !
प्रचण्ड उपर राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो ।

२०७६ फागुन १८ आइतबार, दिउँसो ४:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपर जुत्ता प्रहार भएको छ ।
प्रचण्ड उपर राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
प्रचण्ड उपर फालिएको जुत्ता प्रचण्डलाई लागेनन भने जुत्ता मञ्चसम्म पनि आइपुगेनन् । जुत्ता प्रहारपछि राष्ट्रियसभामा भित्रै खैलाबैला मच्चिएको थियो । यसको विस्तृत विवरण आउन बाँकी छ ।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
(Onlinekhabar)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…