शहिदनगरका विद्यार्थीहरु हरेक क्षेत्रमा नं. १ बन्छ : मेयर बरबरिया
सो प्रतियोगितामा प्रथम हुनेलाई ठुलो शिल्ड तथा दोस्रो र तेस्रो हुनेलाई कप प्रदान गरिएको थियो ।

२०७६ फागुन १८ आइतबार, बिहान ९:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा चिनारी बनाउने बताउनुभएको छ ।
शनिबार सम्पन्न प्रथम राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताको समापन समारोहका बोल्दै उहाँले अध्ययन अध्ययापनका साथ साथै अतिरिक्त क्रियाकलापलाई स्थान दिएको तथा नगरका किशोरा किशोरीहरुलाई खेलप्रतिको चासो जगाउने प्रयास गरेको बताउनुभयो ।
स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद मूल नारा सहित गत फागुन १५ गतेदेखि भएको त्रिदिवसीय (३ दिने) राष्ट्रपति रनिँग शिल्डमा विभिन्न प्रकारको खेलहरु खेलाइएको थियो । सो खेलको क्रममा जनता एकाई प्राविधिक माध्यमिक विद्यालय प्रथम, महुलिया मावि द्धितिय र पचहर्वा तृतिय स्थान प्राप्त गरेको हो ।

उक्त प्रतियोगितामा नगरभरिका विद्यालयहरुको विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । छात्रछात्राहरुलाई हाईजम्प, लँग जम्प, जाभेलिँग थ्रो, फुटबल, भलिबल, रिले दौड, लामो दौड जस्ता खेलहरु खेलाईएको थियो ।
सो प्रतियोगितामा प्रथम हुनेलाई ठुलो शिल्ड तथा दोस्रो र तेस्रो हुनेलाई कप प्रदान गरिएको थियो । सहभागी विद्यार्थी खेलाडीहरुलाई क्रमम प्रथम, द्धितिय र तृतियलाई मेडल सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रमाणपत्र र मेडल प्रदान गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले खेलको माध्यमबाट मनोभाव बढने बताउनुभयो । उहाँले खेल एक आपसमा समझदारी र भाईचाराको हिसाबले खेलिनुपर्ने बताउँदै खेलकै माध्यमबाट शहिदनगरलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले नगर प्रमुख उदय कुमार बरबरियाको कार्यको सराहना गर्दै खेलकूदप्रति र शिक्षा सुधारप्रति देखाएको चासोलाई प्रशंसा गर्नुभयो । नगर प्रमुख बरबरियाको अध्यक्षता तथा सिडिओ कनेलको प्रमुख आतिथ्यमा समापन समारोह गरिएको थियो ।

सो कार्यक्रममा विजेताहरुलाई नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, लेखा अधिकृत लोक बहादुर नेपाली, कमला बचाउ अभियानका अध्यक्ष विक्रम यादव, जिन्सी शाखाका प्रमुख सुदीप भट्टराई, नटराज प्रोडक्सनका अनिल मिश्र, मुहलीया माविका प्रअ धिरेन्द्र कुमार झा, यदुकूहाका प्रअ धीरेन्द्र लाल कर्ण, विभिन्न वडाका वडाध्यक्ष, शिक्षक शिक्षिका, उमेयर शिला देवी कापर तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सोही क्रममा धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपक बाबु केसी, सशस्त्र प्रहरी बल यदूकूहाका प्रहरी नीरिक्षक मदन धानुक सहित खेलका कोच, रेफ्रीहरुलाई समेत सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
प्रथम राष्ट्रपति रनिँग शिल्ड प्रतियोगितामा सबै विद्यालयहरुको मोटो सहभागीता रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…