मोटरसाईकलको नक्कली लाईसेन्स बनाउने जनकपुरकी मिश्र पक्राउ
यता, मिश्रको विरुद्धमा उजुरी आउने क्रम समेत बढेको प्रहरीले जनाएको छ ।

२०७६ फागुन १५ बिहीबार, बिहान ८:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
मोटरसाईकलको नक्कली लाईसेन्स बनाउने जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने रुवी मिश्रलाई पक्राउ गरिएको हो । विभिन्न व्यक्तिहरुबाट लाईसेन्सको लागि ६० हजार रुपैयाँ लिएको खुल्न आएको हो ।
रुवी मिश्रको छोरा चन्दन मिश्रले महोत्तरी गौशाला नगरपालिका वडा नं. १२ वस्ने हरी नारायण भन्ने कृष्ण देव कुशवाहा संग ५ हजार रुपैयाँ लिएर नक्कली लाईसेन्स बनाइदिएकी थिइन् ।
सोही क्रममा गत माघ २९ गते चेकजाँचको क्रममा ट्राफिक प्रहरीले लाईसेन्स चेक गर्दा नक्कली देखिएपछि सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा रुबी मिश्रले ४ वटा लाईसेन्सको लागि ६० हजार रुपैयाँ लिएको बयानको आधारमा मँगलबार पक्राउ परेकी हुन् ।
उनलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा पेश गरेपछि हिरासतमा राख्न दिन ४ को म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको हो । यता, मिश्रको विरुद्धमा उजुरी आउने क्रम समेत बढेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…