आइएसका १७ आतङ्ककारी मारिए
जलालाबाद / पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् । विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही ल
२०७४ माघ १ सोमबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

जलालाबाद / पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् ।
विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् ।
नान्गाहार प्रान्तको दिह हस्कामिना र आचिन जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका १७ जना आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका समाचारमा जनाइएको छ ।
आइतबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान (एओडिओसिनिए) द्वारा जारी विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको छ ।
अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ ।
अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानको संयुक्त सेनाले सो समूहकाविरुद्धमा व्यापक मात्रामा कारबाही गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…