जनकपुरः बयर दिन्छु भन्दै काकाले गरे बलात्कारको प्रयास !
एकदुई पटक त्यस्तो गरेपछि नातामा काका लाग्ने भनेर भूलवंश भएको हुनुपर्ने भनेर बालिकाले त्यति खयाल गरेनन् ।

२०७६ फागुन १३ मंगलबार, बेलुकी ७:४० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक बालिका उपर बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ...(नाम, ठेगाना गोप्य) बस्ने १५ बर्षिय बालिका उपर जबरजस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार गत ११ गते आईतबार बलात्कारको प्रयास भएको थियो ।
बयर (एक फल) दिन्छु भन्दै नातामा काका लाग्ने स्थानीय २७ बर्षिय युवकले बालिकालाई बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको बयान र प्रारम्भिक अनुसन्धानबाट बालिका उपर बलात्कारको प्रयास भएको भन्दै मुद्दा समेत दर्ता गरिएको हो ।
आईतबार दिउँसो करिब १:०० बजेको समयमा गाउँभन्दा केही पर खेतमा रहेको बयरको बोट नजिकै बयर टिपेर खाँदै गरेको ती युवकले बालिकालाई बोलाएर बयर दिन्छु भन्दै बलात्कारको प्रयास गरेपछि बालिका भागेर परिवारजनलाई बताएपछि घटना बाहिर आएको हो ।
“त्यो घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको थियो । स्थानीय भनौदा नेताहरुले यस्ता घटनालाई गाउँ स्तरमै मिलाउन खोजेपछि प्रहरीलाई जानकारी भएलगत्तै सिभिल ड्रेसमै प्रहरी पठाएर आरोपित युकलाई पक्राउ गरी ल्यायौं । युवक लुकीछिपी गाउँमै बसेको थियो । उनी उपर बलात्कार प्रयासको मुद्दा दर्ता गरिसकेका छौं ।” – प्रहरी नीरिक्षक दिपक बाबु केसीले भन्नुभयो ।
यसरी भयो बलात्कारको प्रयास :

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…