रात्रि क्लवको तला खस्दा स्पेनमा २६ जना घाइते
म्याड्रिड, स्पेन : स्पेनको राजधानी म्याड्रिडमा आइतबार राति एक रात्रिक्लब रहेको एक घरको तल्ला भत्किँदा क्लबमा मनोरञ्जन गरिरहेका २६ जना घाइते भएका स्पेनी अधिकारीले बताउनुभयो । स्पेनको राजधानीमा आकस्मिक सेवा प्रबाह गर्नेे सरकारी कार्यालयले दिएको जानकारी अनुसार घटनामा परी घाइते भएका ११ जनालाई नजिकैको अस
२०७४ माघ १ सोमबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

म्याड्रिड, स्पेन : स्पेनको राजधानी म्याड्रिडमा आइतबार राति एक रात्रिक्लब रहेको एक घरको तल्ला भत्किँदा क्लबमा मनोरञ्जन गरिरहेका २६ जना घाइते भएका स्पेनी अधिकारीले बताउनुभयो ।
स्पेनको राजधानीमा आकस्मिक सेवा प्रबाह गर्नेे सरकारी कार्यालयले दिएको जानकारी अनुसार घटनामा परी घाइते भएका ११ जनालाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको जनाएको छ ।
उनीहरूको ‘शरीरमा नीलडाम लागेका तथा हल्का चोट’ लागेका उनीहरूलाई अस्पताल पठाइएको छ । अन्यलाई घटनास्थलमा नै उपचारपछि घर पठाइएको उक्त संस्थाले जनायो ।
उद्धारमा सम्लग्न उक्त संस्थाले दक्षिण म्याड्रिडको एउटा टोलमा रहेको भवनको दोस्रो तलाको करिब १६ वर्गमिटर भाग खसेको पुष्टि गरेको छ ।
आकस्मिक सेवाका आटुरो दे व्लासले भन्नुभयो, “मनोरञ्जनमा व्यस्त क्लबका केही ग्राहकको टाउकोमा तल्लाको केही भाग खस्दा उनीहरू घाइते भएका देखिएको छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…