दक्षिण कोरियामा पनि कारोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह
न्यूज ब्यूरो, एजेन्सी । दक्षिण कोरियामा कारोना भाइरसले भयावह रुप लिएको छ । दक्षिण कोरियाले कोभिड १९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको जनाएको छ । शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड १९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका ला

२०७६ फागुन ९ शुक्रबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । दक्षिण कोरियामा कारोना भाइरसले भयावह रुप लिएको छ ।
दक्षिण कोरियाले कोभिड १९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको जनाएको छ । शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड १९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन् ।
शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड १९ देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ । दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ । थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोभिड १९ देखिएको छ ।
झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड १९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…