नेपाल रेल्वेले माग्यो यतिको कर्मचारी, SEE पासलाई पनि मौका ! तलब कति ?
रेल्वे स्टेशन मास्टरको रुपमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त भएको व्यक्तिलाई सम्पर्क गर्न भनिएको छ ।

२०७६ फागुन ९ शुक्रबार, दिउँसो २:११ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरले २६ जना कर्मचारी माग गरेको छ ।
मिति २०७६ साल फागुन ९ गते शुक्रबार प्रकाशित गोरखापत्रको २८३ अंकको पेज नं. ६ मा प्रकाशित विज्ञापन अनुसार २६ जना कर्मचारी माग गरिएको हो । सूचना प्रकाशित गरिएको १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्पर्कको लागि सूचना प्रकाशित भएको १५ दिनभित्र शनिबार वा सार्वजनिक विदा पर्न गएको खण्डमा त्यसको भोलीपल्टसम्म समेत आवेदन दिन सक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडको विज्ञापनमा उल्लेख गरिएको छ । सम्पर्कको लागि भने विहान १०:३० बजेदेखि २:०० बजेसम्म सम्पर्क गर्न भनिएको छ ।
आवेदनको लागि काठमान्डौं स्थित रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडको कार्यालय विशालनगर स्थितको रेल विभागको फोन नं. ०१४४१७९२४ मा सम्पर्क गरेर पनि निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको हो ।
रेल्वे कम्पनीले सिनियर सेक्सनल ईन्जिनीयर सिग्लनिँग १ जना, स्टेशन मास्टर ८ जना माग गरेको छ । जससको लागि सिनियर सेक्सनल तर्फ ईलेक्ट्रोनिक ईन्जिनीयरिँग मा स्नातक तह उतीर्ण गरी रोलिँग स्टोक मर्मत सम्भारमा कम्तीमा पनि ५ वर्षको अनुभव प्राप्त भएको माग गरिएको छ ।
यस्तै, स्टेशन मास्टरको लागि भने स्नातक तह उतीर्ण गरी रेल्वे स्टेशन मास्टरको रुपमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त भएको व्यक्तिलाई सम्पर्क गर्न भनिएको छ ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…